• मंसिर १४ २०८१, शुक्रबार

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

कार्तिक २२ २०७८, सोमबार

काठमाडौँ। सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका ५ बजे बस्ने भएको हो।

आज बिहान बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो । भेटवार्तामा समसामयिक वर्तमान राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्तापछि सत्ता गठबन्धन दलको बैठक बस्न लागेको हो।