सल्यानबाट दाङको तुलसीपुर जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। सल्यानबाट तुलसीपुर जाँदै गरेको मे १ ज ५२२ नम्बरको जिप सोमबार बिहान सल्यान र दाङको सिमाना पर्ने एक्लेबर नजिकै दुर्घटना परेको हो ।
दुर्घटना परेर कालीमाटी गाउँपालिका–३ बस्ने ३३ वर्षीय देवबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। त्यस्तै १८ जना घाइते भएका मध्धे ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ ।
प्रहरीका अनुसार तीव्र गतिका कारण जिप अनियन्त्रित हुँदा दुर्घटनामा परेको थियो । जीप सडकदेखि ५० मिटर तल खसेको छ । जीपमा २१ जना सवार थिए । जीप चालक डम्मर खत्री फरार छन् ।