काठमाडौँ। सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा ७ मुद्दाको पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ।
प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो समेत इजलास तोकेका छन्।