काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिँदै छन्। नवनियुक्त मुख्यमन्त्री पाण्डेले आज ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।
उनी यही कात्तिक ११ गते पाँच दलिय संयुक्त गठबन्धनका तर्फबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री पाण्डे नेकपा एकीकृत समाजवादीका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत हुन् । उनले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव यसअघि नै प्रदेश सचिवालयमा दर्ता भइसकेको छ ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनका लागि कम्तिमा ५५ सांसदको समर्थन चाहिन्छ । हाल बाग्मती प्रदेशमा १०९ सांसद रहेका छन् ।
पाण्डेलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको समर्थन रहेको हुँदा उनले विश्वासको मत पाउने सम्भावना छ ।