• मंसिर १४ २०८१, शुक्रबार

माओवादीको विदेश विभागको बैठक बस्दै

कार्तिक २२ २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको विदेश मामिला विभागको बैठक बस्ने भएको छ । केहीअघि मात्रै गठन भएको विदेश मामिला विभागको बैठक आगामी कात्तिक २४ गतेका लागि बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा विभागको काम कारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुनेछ ।

यस्तै कार्ययोजना र अन्य विविध विषयमा पनि छलफल हुने विदेश मामिला विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए ।