• मंसिर १३ २०८१, बिहीबार

टेस्लाको सेयर बेचेर कर तिर्न एलन मस्कलाई आग्रह

कार्तिक २२ २०७८, सोमबार

काठमाडौं । विश्वकै सबै भन्दा धनी मध्येका एक एलन मस्कलाई ट्विटरको मत सर्वेक्षणका मतदाताहरूले कर तिर्नका लागि टेस्लाको १० प्रतिशतसम्म सेयर बेच्न आग्रह गरेका छन् ।

मस्कले शनिबार ट्विटरमा मत सर्वेक्षण टेस्लाको १० प्रतिशत सेयर बेच्ने प्रस्ताव गरेका थिए । ३५ लाख ट्विटर प्रयोग कर्ताहरूमध्ये झण्डै ५८ प्रतिशतले टेस्लाको सेयर बेच्नुपर्ने पक्षमा आफ्नो मत व्यक्त गरेका हुन् । मस्कले मत सर्वेक्षणको नतिजा अनुसार काम गर्ने बाचा गरेका छन् ।

यो सँगै उनले झण्डै २१ अर्ब डलर बेच्नुपर्ने हुन सक्छ । तर, विश्वकै सबैभन्दा धनी मानिसहरू मध्येका एक मस्कले कसरी र कहिले सेयर बिक्री गर्छन् भन्ने बारे अझैसम्म सार्वजनिक टिप्पणी गरेका छैनन् । एजेन्सी ।