• मंसिर ७ २०८१, शुक्रबार

चीन विश्वकै ठूलो आणविक हतियार सम्पन्न देश बन्दैछ : अमेरिका

कार्तिक २१ २०७८, आईतवार

विश्व व्यापारमा चीनसँगको प्रतिस्पर्धामा सधैं सम्झौताबाट गुुज्रिइरहेको अमेरिकाले अब विश्वको ध्यान अस्त्रशस्त्रतिर तान्न खोजिरहेको छ । अहिले पनि शस्त्रास्त्रमा विश्वकै पहिलो रहेको अमेरिकाले सन् २०३० सम्म आफूलाई चीनले उछिन्ने बताएको छ ।

अमेरिकाका अनुसार चीनसँग ठूलो परिमाणमा आणविक हतियार अहिले पनि रहेको र त्यो मात्रा अबको आठदश निकै ठूलो हुने बताएको छ । अमेरिकाको दाबी अनुसार चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरिरहेको छ ।

विश्वको ध्यान यथार्थताबाट विकेन्द्रित गर्न अमेरिकाले प्रयत्न गरिरहेको बताउने चीनले आफूहरुसँग व्यापारमा प्रतिपर्धा गरिरहँदा दुनियाँको ध्यान अन्यत्रै ‘डाइभर्ट’ गर्न यस्ता कुराहरु गर्ने गरिरहेको बताएको छ ।

 

अमेरिकी रक्षामन्त्रालय पेन्टागनले यस्ता कुरा गर्न थालेपछि चीन थप गम्भीर भएको स्रोतले बताएको छ । उता अमेरिकी रक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्ममा चीनसँग ७०० ओटा आणविक हतियार हुनेछन् ।

अमेरिकाको अनुमानअनुसार २०३० सम्म यसको संख्या बढाएर चीनले १ हजार पुर्याउने छ । हाल आणविक शस्त्रास्त्रमा चीनले जल, थल र वायु गरी तीनवटै क्षेत्रमा तीब्र विकास गरिरहेको अमेरिकाको दाबी छ ।

पछिल्लो समयमा अमेरिकाको टक्कर रुसभन्दा पनि चीनसित बढ्दै गएको अमेरिकाको संकेत छ । पछिल्लो समयमा यसै साता चीनले आवाजभन्दा चाँडो गति भएको आणविक हतियार परीक्षण गरेपछि अमेरिका झसङ्ग हुन पुगेको छ ।

बुलेट ट्रेनको आविष्कारपछि चीनले त्यही गतिका अन्य आविष्कारलाई निरन्तरता दिन थालेको हो कि भन्ने अमेरिकी आशंका छ । हालैका दिनमा उत्तर कोरियासँग पनि पौठेजोरी खेल्न पछि नपरेको अमेरिकाले चीनलाई पनि आणविक प्रतिस्पर्धीका रुपमा प्रचार गरिरहेको छ ।

उता उत्तर कोरियाले एक महिनामै तीनओटा आणविक परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।