• मंसिर १४ २०८१, शुक्रबार

सल्यान बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत

कार्तिक २१ २०७८, आईतवार

सल्यान, सल्यानमा भएको बस दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । मृत्यु भएका १२ जनामध्ये १० जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा दुई जना पुरुष र १० जना महिला रहेका छन्।

जसमा सल्यान शारदा नगरपालिका–१२ घर भई हाल दाङ तुलसिपुर उपमहानगपालिका–६ बस्ने वर्ष ५३ की प्रभा चलाउने, सो नगरपालिका–२ बस्ने वर्ष ६१ की मिना डाँगी र वर्ष ६६ की लिला बुढाथोकी रहनुभएको छ । त्यस्तै सल्यान त्रिवेणी–१ काभ्रा बस्ने वर्ष २४ की मिना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने वर्ष ६० को डुलि रेउले, दाङ बबई गाउँपालिका–६ पन्चकुले बस्ने वर्ष ७० की कलादेवी बुढाथोकी, दाङ घोराही उपहानगरपालिका नारायनपुर बस्ने वर्ष ६५ की ईन्द्रा अधिकारी, ल्यिान छत्रेश्वरी गाउँपालिका–२ बस्ने वर्ष २९ को तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ बस्ने वर्ष ३५ की सावित्रा केसी र दाङ कोरबाङ बस्ने वर्ष ५ को सुरज ओली रहेका छन्।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख १५५२ नम्बरको बस आइतबार मध्याह्न १२ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा २० जना घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।