चाडवाडकै नाममा जीवनशैली अनियमित र मनाउने तरिका अस्वस्थकर भइदिँदा बिभिन्न स्वास्थ्य समस्याबाट आजकल हामीहरु जगडिइरहेका छौं । पाहुनापात, साथीभाई घरमा भएकाले आवश्यक मात्रामा पनि सुत्दैनौ । बिहान चाडै उठेर ब्यायाम तथा घुमफिर गर्दैनौ ।
काम पनि खुशीसाथै छोड्छौ । अबेर खाँदा तौल बढ्ने, घुर्ने र भोलिपल्ट बिहान उठ्न नसक्ने र प्रातभ्रमण र ब्यायाम नहुने हुन्छ । चाडवाडमा हामीले गरिरहेका बानी र अपनाएका जीवनशैलीले हिजोसम्म निरन्तर अपनाएको शैलीलाई चुनौती दिनजान्छ ।
तिहारजस्ता अनेकन चाडवाडले धेरै मानिसलाई बिरामी बनाएर अस्पताल पुर्याउँछ । चाडवाडमा अस्वस्थकर तयारी वा जंक खाना र नास्ताले नै प्राथमिकतामा पर्दछन् । भोजमा दिइने खानेकुरा तथा जंक खानामा प्रशस्त चिल्लो र नुन हुन्छ ।
भोज खान बिहानैदेखि भोको बस्ने, जमातका लागि पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र त्यही बासी खाने आदिले गर्दा बिभिन्न जीवाणुको संसर्गमा आई अपच, आउँ, टाइफाइड तथा कमलपित्तजस्ता अनेकन रोगहरु लाग्ने गर्छन् ।
चाड मनाउने भनेको एकदमै रक्सी खाने, धुम्रपान गर्ने, मासु खाने एकसाथै आउँछन् । परिवारका सदस्य त्यति बेला निस्क्रिय धुम्रपान गर्न बाध्य हुन्छन् । ट्राइग्लिसिराइड, युरिक एसिड, सुगर, उच्च रक्तचाप, माटोपनाजस्ता दीर्घरोगको मात्रा र गाम्भीर्यता देखिन जान्छ ।
रोगले च्याप्दै लान्छ । यसको मात्रा ३० देखि ५० प्रतिशत भन्दा पनि माथि जान थाल्छ । पहिलेको स्तर कायम गरी ठीक अवस्थामा ल्याउन शरीरको भित्री भागमा केही न केही नोक्सान भइरहेको र भइसकेको हुन्छ ।
पर्वको नाममा दसै तिहारलाई बाध्यात्मक बनाउने हाम्रो मानसिकता छ । कोही पनि यो साल घर जान कठिन भयो, अर्काे साल जाउँला भन्ने अवस्थामा हुँदैनन् । परिवारले पनि जोखिमको वास्ता नगरी पर्वमा आउन कर गर्छन् । अर्काे साल पर्व मानौला भन्ने पक्षमा देखिदैनन् ।
तिहार भनेको मिठाइ र मिठाइ भनेको तिहार जस्तो हुन जान्छ । तिहार र मिठाइको सम्बन्ध यस अर्थमा नङ र मासु जस्तै बन्न गएको हुन्छ । तिहारमा गुलियो खानेकुराको स्थान सबैभन्दा उच्च हुन्छ ।
चिनी गुलियो हुन्छ, सबैलाई मन पर्छ । तर चिनीले तत्कालै शक्ति दिने बाहेक कुनै फाइदा दिदैन तथा स्वास्थ्यका लागि उपयुक्त पनि हुँदैन । गुलियोले सेतो रक्तकोषहरु कमजोर बनाउँछ ।
ग्लुकोजको रसायनिक बनोट भिटामिन सीसँग मिल्दोजुल्दो भएकाले रगतमा ग्लुकोज बढ्दा कोष कोषमा बस्छन् । यसका साथै भिटामिन सीको कमी भई रोगविरुद्ध लड्ने शक्तिमा ह्रास आएको हुन्छ ।
इसका साथै, इन्सुलिन बढ्न गै ग्रोथ हर्माेनको उत्पादन कम हुन्छ र इम्युनीटी घट्न थाल्छ । इन्सुलिनले शरीरमा ट्राइग्लेसेराइडको मात्रा बढाउँछ । बोसो भण्डारण गर्छ । यसले मुटुधमनीका रोग, उच्च रक्तचाप बढाउँछ ।
कतिपयको त चिनी वा गुलियो परिकार खाँदा चाडै नअघाउने, पटकपटक खाइरहने बानी हुन्छ । यसले गर्दा मोटोपन बढाउनुका साथै खनिज तत्वको सञ्चिति र भण्डारणमा कमी ल्याउँछ । शिशुहरुमा दाँतको समस्याले आक्रान्त हुन्छन् ।
अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी, झर्किने तथा डिप्रेसनग्रस्त बनाउँछ । मिर्गौलामा नकारात्मक असर, शरीर सुन्निने, पेटको समस्या, हड्डी खिइने, टाउको दुख्ने, मईग्रेनआदिको समस्या बढ्छ ।
रंगीन परिकार खाँदा यसले दीर्घकालीन रुपमा असर पुर्याउँछ । रंगमिश्रित वा दूषित घिउ तेलको प्रयोगले रक्तकोषिका विषाक्त बनाउँछ । रोगसँग लड्ने क्षमता घट्छ । शरीरभित्रका कोमल अंगहरु जस्तै कलेजो, मुटु, मृगौला, कमजोर हुन्छन् ।
चर्मरोग, क्यान्सरको प्रवल संभावना हुन्छ । बाँझोपन बढेर जान्छ । आँखा तथा कान कमजोर हुनसक्छ । यसले सन्तान लुला, लंगडा तथा अपाङ्ग बनाउँछ । ट्यूमर र ट्युमर क्यान्सरको संभावना बढाएर लैजान्छ । पुरुषको बीजकोष मर्छ, लिंग सानोहँदै जान्छ । अन्तमा पुरुषत्व नै नष्ट हुनजान्छ । यसले मृर्गौला तथा कलेजोमा घाउ बनाएर दीर्घरोग निम्त्याउँछ ।