• आश्विन १३ २०८१, आईतवार

कुखुरा फार्ममा काम गर्ने मानिसले घरमा पंक्षी पाल्नु हुँदैन

कार्तिक २१ २०७८, आईतवार

नेपालमा पछिल्लो समयमा कुखुरापालन व्यवसाय केही फस्टाउन थालेको छ । आत्मनिर्भर हुने अवस्थामा जाँदै गरेको नेपालमा अबका दिनमा कुखुरा पालक व्यवसायीले निस्चित मापदण्ड अपनाउनु पर्ने जरुरी हुन थालेको छ ।

यसका लागि केही मापदण्ड निकै गाह्रोसाह्रो पनि छन् । पछिल्लो समयमा फ्लुका कारण कुखुरा मर्न थालेपछि एउटा कडा मापदण्ड पनि पालना गरिनु पर्ने व्यवस्था गरिएको छ ।

त्यो हो, कुखुरा फार्ममा कामगर्ने मानिसले उसको घरमा कुनै पनि पंक्षी पाल्न नपाइने । केही फार्महरुमा कुखुराजन्य रोग फार्ममा कामगर्ने मानिसको घरबाट सरको पाइएकाले यस्तो कडा मापदण्ड अपनाइएको हो ।

मापदण्डका थप केही कुरा :

१. फार्ममा प्रयोग गरिने सामग्री जस्तै भ्याक्सिन, एग ट्रे र कैंची तथा अन्य सामग्री सफा गरेर मात्र फार्मभित्र लैजानु पर्छ ।

२. विश्वासिलो ह्याचरीबाट मात्र कुखुरा चल्ला ल्याउनुपर्छ ।

३. फार्ममा जाने गाडीलाई सफा गर्नुपर्छ ।

४. फार्ममा पस्नु अघि कपडा र जुत्ता सफा गर्ने गर्नुपर्छ ।

५. दैनिक खुट्टा धुने र फोहर सफा गरिरहनुपर्छ ।

६. कुखुराको व्यवस्थापनमा उचित ध्यान दिनुपर्छ ।

७. कुखुरा दाना र औषधि विश्वासिलो उद्योग र औषधि पसलबाट मात्र ल्याउनु पर्छ ।

८. आहारा मुसाले जुठो लगाउने वा खाने स्थानबाट सुरक्षित राख्नुपर्छ ।

९. सकिन्छ भने फार्ममा २४ घण्टा सुरक्षा व्यवस्था गर्नुपर्छ ।

१०. कुखुराको खोरमा हावा छिर्ने हुनुपर्छ र साना चल्ला राखिएकोबाट ठूला कुखुरातिर जाने हुनु पर्छ ।

११. विभिन्न जातका पंक्षी एउटै खोरमा नराख्ने गर्नुपर्छ ।

१२. सकेसम्म एकै जातका पंक्षीमा पनि उमेर समूह छुट्याउनु पर्छ ।

१३. खानेपानीमा पनि रोग निमूर्लिकरणको उपाय अपनाउनु पर्छ ।

१४. मरेका कुखुरा र कुखुराको शुलीलाई उचित व्यवस्थापन गर्नुपर्छ ।

१५. फार्म सबै सरकारी नियमअनुसार दर्ता गरी सञ्चालनमा ल्याउनुपर्छ ।

यसरी जैविक उपचार र सतर्कतामा भएको खर्च केही पनि होइन । तपाई अनावश्यक नोक्सनीबाट बच्न सक्नु हुने छ । यसले दीगो व्यवसायका लागि बलियो जग बसाउने छ ।