• मंसिर ११ २०८१, मंगलवार

बौद्धिक सम्पति संरक्षण नयाँ आविष्कारको उत्प्रेरणा

कार्तिक २० २०७८, शनिबार

कुनै नयाँ चिज आविष्कार गर्न मेहनत, लागत र सिर्जनशिलता आवश्यक पर्दछ । कुनै ब्यक्ति वा संस्थाले निरन्तर खोज अनुसन्धान र लगानी बिना कुनै नयाँ सुत्र वा सिद्धान्त कुनै नयाँ वस्तु उत्पादन गर्ने विधि वा तौरतरिका पत्ता लाग्न सक्दैन । यसरी कुनै ब्यक्ति वा संस्थाले उसको बुद्धि, विवेक र मेहनतबाट यसरी पहिलो पटक पत्ता लगाइएको नयाँ सुत्र, सिद्धान्त, विधि, प्रविधि, सोच, सयंन्त्र वा त्यसको समुच्चतलाई बौद्धिक सम्पत्तिको संज्ञा दिने गरिएको छ । कपि राईट, पेटेण्ट राईट, टे«डमार्क, ले आउट, टे«ेड सेकरेट, लिटेचर वर्क, डिजाईन, इन्टीग्रेटट सर्किट, औद्योगिक डिजाई, जोगराफिकल आईडिन्टीफिकेशन बौद्धिक अन्र्तगत पर्दछन् ।

बौद्धिक सम्पत्ति घर, जमिन, कार जस्तो देख्न भने सकिदैन । बौद्धिक सम्पत्ति अधिकार वाणिज्य तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित भएकाले यसलाई कतिपयले औद्योगिक सम्पत्ति अधिकारको रुपमा पनि बुझ्दछन् भने बौद्धिक सम्पत्ति खुला आँखाले देख्न नसकिने हुँदा यसलाई कतिपयले अदृष्य सम्पत्तिको रुपमा पनि अर्थ्याउँदछन् ।

यसरी कुनै नयाँ चिज बनाउनु वा आविष्कार गर्नुु नै बौद्धिक सम्पत्ति हो । बौद्धिक क्षमता, लगन र मेहनत लाग्दा नयाँ प्रविधि, डिजाईन सुत्र वा सिद्धानत प्रतिपादन हुन जान्छ । बौद्धिक सम्पत्तिले ब्यापार ब्यसायमा निकै महत्व राख्दछ । बौद्धिक सम्पत्ति मार्फत वाणिज्य क्षेत्रले ब्यापापर गर्न नयाँ वस्तु वा क्षेत्र प्राप्त गर्दछ । नयाँ नयाँ आविष्कार पुरानो वस्तु वा सेवा भन्दा बढि बिकाउ हुन्छ । नयाँ आविष्कार आम नागरिका लागि गरिने हुँदा यो धेरै उपयोगी हुन सक्छ । नयाँ आविष्कारवाट सर्वसाधरणले आमजीवन कुनै न कुनै रुपमा लाभ पुग्दछ ।

बौद्धिक सम्पत्ति पहिल्याउन लामो समयको मेहनत, प्रयास र लगानी आवश्यक पर्दछ । बौद्धिक सम्पत्ति राज्य, समाज र सर्वसाधरण नागरिकको जीवनका लागि उपयोगी हुन्छ । अथवा सर्वसाधरणको जीवनलाई कुनै न कुनै रुपमा लाभ पुर्याउँछ । यसर्थ बौद्धिक सम्पत्ति अधिकारको पहिचान, संरक्षण र अधिकार सुरक्षा आवश्यक हुन्छ । बौद्धिक सपत्ति उत्पादन र वितरणमा निश्चित सयमका लागि सर्जकको एकाधिकार हुनु पर्दछ भन्ने मान्यता राखिएको छ । यो विश्व विश्वब्यापी मान्यता हो । एउटा ब्यक्ति वा संस्थाले प्रतिपादन गरेको बौद्धिक सम्पत्ति दोस्रो पक्षले उपयोग गरेमा सो वापत रोयल्टी प्राप्त गर्नु पर्दछ । बौद्धिक सम्पत्ति आविष्कारमा लगाउने समय अन्य क्षेत्रमा लगाएको भए उसले कुनै कुनै रुपमा आय आर्जन गर्न सक्दथ्यो, त्यसैले बौद्धिक सम्पत्ति माथि सर्जकको रोयल्टी हक रहनुपर्छ भन्ने मान्यता राखिन्छ ।

बौद्धिक सम्पत्ति माथिको हक निश्चित समय सम्म कायम हुनु पर्दछ । बौद्धिक सम्पत्ति माथि सर्जक वा आविष्कारकको यस कारण पनि हक कायम हुनु पर्ने मान्यता राखिन्छ कि बौद्धिक सम्पत्तिमा लगानी गर्न ऊ सधैं उत्साहित बनोस् । जस्तो कि कुनै संस्थाले नयाँ बिऊ वीजन आविष्कार गर्दछ भने उसलाई सो वापतको पेटेन्ट राईट दिनु पर्दछ । उसको स्वीकृति बेगर सोही जातको बिऊ अर्को संस्थाले उत्पादन गर्नु पाउनु हुँदैन । उत्पादन गर्न चाहेमा अनुमति लिनु वा रोयल्टी बुझाउनु पर्दछ ।

अर्को उदाहरण लिऔं, कुनै कम्पनीले वर्षौं लगाएर कुनै नयाँ औषधि आविष्कार गर्दछ र उसले यसकोप्रति इकाई बिक्री मूल्य रु.१०० रुपैयाँ तय गर्दछ । उसको सुत्र नक्कल गरी अर्को कम्पनीले त्यही कम्पोजीसनको औषधि उत्पादन गरी प्रति इकाइ मूल्य ५० रुपैयाँ तय गर्दछ भने त्यसले आविष्कारकर्ता कम्पनीलाई स्वभाविकरुपमा नोक्सान पुग्दछ । अर्थात् आविष्कारकारकर्ताको मेहनत र लगानी माथि अन्याय हुन जान्छ । यहाँनेर उसको लगन, मेहनत र प्ररिश्रमको उचित सम्मान गरिएन वा उक्त कम्पनीको आविष्कारकारको सुरक्षा गरिएन भने ऊ नयाँ नयाँ आविष्कार गर्न उत्सुक हुँदैन । यसैले उसको आविष्कार माथि उसको एकाधिकार हुनुपर्दछ । त्यो एकाधिकारको अधिकार राज्यले प्रत्याभूति गर्नुपर्दछ ।

सन् १९९७ फेब्रअरी ४ मा नेपाल विश्व बौद्धिक सम्पत्ति संरक्षण संगठन (वर्ल्ड इन्टीलेक्चुयल प्रपटी अरगनाईजेशन) मा आवद्ध भई सकेको छ । बौद्धिक सम्पत्ति अधिकार संरक्षण र ब्यस्थापनका निमित्त पेटेन्ट, डिजाईन तथा ट्रेडमार्क ऐन, २०२२ र कपि राईट एक्ट ऐन, २०५९ अगाडि सारिएको छ । यसबाट नेपालले बौद्धिक सम्पत्ति संरक्षणलाई अन्तर्राष्ट्रियरुपमा पनि समेत स्वीकार प्रमाािणत हुन्छ ।

औद्योगिक नीति २०६७ को एउटा उद्देश्य बौद्धिक सम्पत्तिको सरंक्षण गर्ने रहेको छ । त्यस्तै बौद्धिक सम्पत्ति अधिकार संरक्षण गर्न उद्यमीलाई विशेष प्रोत्साहन दिईने उल्लेख छ । बौद्धिक सम्पत्तिको अधिकार संरक्षणको सन्दर्भमा बिगतका वाणिज्य नीतिमा समेत थोरबहुत शब्दावलीहरु ख्र्चिएको पाइन्छ । वाणिज्य नीति, २०६५ मा ब्यापार सम्बद्ध बौद्धिक सम्पत्तिको अधिकार (ट्रिप्स) अन्र्तगत हस्तकला, चिया, कफि, गलैंचा, पस्मिना, मह जस्ता निकासीजन्य वस्तुको भौगोलिक सांकेतिकरण (जोग्राफिकल इन्डिकेशन) सम्बन्धी अधिकार कायम गर्न पहल गरिने उल्लेख थियो ।

वाणिज्य नीति, २०७२ मा, ब्यापारसम्बद्ध बौद्धिक सम्पत्ति अधिकारलाई संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिने, निर्यात सम्भाब्य वस्तुहरुको भौगोलिक सांकेतिकरण, ट्रेडमार्क सामूहिक ब्यापार चिन्ह, डिजाइन, पेटेण्ट, गोप्य ब्यापारिक सूचनाहरु, प्रतिलिपि अधिकार लगायतका बौद्धिक सम्पत्ति सम्बन्धि अधिकार लगायत बौद्धिक सम्पत्तिको अन्तर्राष्ट्रिय बजारमा दर्ता संरक्षणको लागि प्रोत्साहन, सहयोग र समन्वय गरिने उल्लेख छ ।

पेटेण्ट, डिजायन र ट्रेडमार्ग ऐन, २०२२ ले कुनै पेटेण्ट, डिजायन वा  ट्रेडमार्क उपर अधिकार प्राप्त गर्न चाहेने ब्यक्ति वा संस्थाले सो पेटेण्ट, डिजायन वा ट्रेडमार्क ऐन बमोजिम दर्ता गराउनु पर्ने ब्यबस्था गरेको छ । यस्तो अधिकार प्राप्त गर्न आवश्यक विवरण खुलाई दर्ताको लागि उद्योग विभागमा निवेदन दिनु पर्दछ । उद्योग विभागले आवेदनले दर्ता गराउन चाहेको पेटेन्ट, डिजायन वा ट्रेडमार्क पहिले अरु कसैको नाममा दर्ता भए वा नभएको, आफैले आविष्कार गरेका वा कुनै ब्यक्तिबाट हक प्राप्त गरको, सर्वसाधारणको स्वास्थ्य, सदाचार, नैतिकता वा राष्ट्रिय हितमा कुनै प्रतिकूल असर पार्ने वा नपार्ने, प्रचलित कानुन बर्खिलाप हुने वा नहुने, अथवा दर्ता हुन योग्य भए नभएको जाँच गरी दर्ता हुन नसक्ने अवस्थामा बाहेक दर्ता गरी आवेदकलाई दर्ता प्रमाण पत्र उपलब्ध गराउनु पर्दछ ।

पेटेण्ट, डिजाइन वा ट्रेडमार्क प्रयोग गरी कुनै वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने एकाधिकार निश्चित अवधिको लागि मात्र दिन सकिन्छ । दर्ता भएको मितिवाट पेटेन्ट तथा  ट्रेडमार्कको अवधि ७-७ वर्ष र डिजाइनको अवधि ५ वर्ष हुने पेटेण्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ मा निर्धारण भएको छ । उक्त अवधि समाप्ति पश्चात हकलाई निरन्तरता दिन नविकरण गराउने पर्दछ । यस्तो बौद्धिक अधिकार सामन्यतया गोप्य राखिंदैन । राष्ट्रिय हितमा गोप्य राख्नु पर्ने बाहेक अन्य पेटेण्ट, डिजाइन र टेडमार्क सर्वसाधरणको जानकारीका लागि उद्योग विभागले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्दछ ।

ब्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार सम्बन्धि ऐनमा गरिएको प्रावधान अनुशरण गर्नु बाध्यकारी हुन्छ । जहाँ पेटेण्ट सम्बन्धि कनुनी प्रावधान बर्खिलाप गरेमा ५ लाख सम्म, ट्रेडमार्क सम्बन्धी कानुनी ब्यस्था बर्खिलाप गरेमा १ लाखसम्म र डिजाइन सम्बन्धी कानुनी प्रावधान उल्लंघन गरेमा ५० हजारसम्म सजाएको प्रावधान पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ ले गरेको छ ।

कानुन बमोजिम दर्ता भएको बौद्धिक सम्पत्तिको प्रयोग गर्ने अधिकार दर्तावाललाई मात्र रहन्छ । उक्त बौद्धिक सम्पत्ति अरु कसैले प्रयोग गर्नु गैर कानुुनी मानिन्छ । यसको उपचारार्थ ऐनको दफा २५ मा गरिएको छ । जहाँ ऐन बमोजिम दर्ता भएको कुनै पेटेण्ट, डिजाइन, टेडमार्क अनधिकृत प्रयोग गरी दर्तावालालाई हानी नोक्सानी पु-याएमा नोक्सानको उचित रकम सो उल्लंघन गर्ने ब्यक्तिवाट दर्तावाललाई उद्योग विभागले हर्जनाको रुपमा भराइदिन सक्दछ ।

निष्कर्षमा भन्नु पर्दा, बौद्धिक सम्पत्तिले बढवा पाउनु भनेको बौद्धिक सम्पत्तिको ब्यापारको दायरा फराकिलो हुनु हो । बौद्धिक सम्पत्ति अधिकार संरक्षण हुनु भनेको घरेलुरुपमा बौद्धिक सम्पत्ति सृजना गर्न उत्प्रेरणा मिल्नु हो । हामीकहाँ अनेकन प्रकृतिका बौद्धिक सम्पत्तिको खजनाहरु छन् । खासमा हाम्रा अनुवंशिक स्रोत, परम्परागन ज्ञान, कलाकौशल, वस्तु उत्पादन प्रकृया हाम्रा बौद्धिक सम्पत्तिको खजनाहरु हुन् । यी खजनाहरुको उपयोगबाट नेपालले मनग्य लाभ लिन सक्दछ । यसर्थ निर्यात सम्भाब्य वस्तुहरुको भौगोलिक सांकेतिकरण, ट्रेडमार्क सामूहिक ब्यापार चिन्ह, डिजाइन, पेटेण्ट,  ट्रेड सेक्रेट्स जस्ता बौद्धिक सम्पत्तिको अन्तर्राष्ट्रिय बजारमा दर्ता, संरक्षण  प्रवर्द्धन गर्नु आवश्यक छ ।

त्यस्तै, ब्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकारका क्षेत्रमा कार्य गर्ने सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको संस्थागत क्षमता बृद्धि गर्नु पर्दछ । ब्यापार सम्बद्ध बौद्धिक सम्पत्तिको सम्बद्र्धन र  प्रवर्द्धनबाट अधिकतम लाभ लिन सम्बद्ध निकायहरुको सिप र क्षमता बृद्धि गनु पर्दछ । नव प्रवर्द्धनका लागि उद्योग र अनुसन्धानमूलक संस्था एवम् विश्वविद्यालयहरु बीचको सहकार्यमा अनुसन्धान गर्न प्रोत्साहन गर्नु खाँचो छ ।