• मंसिर १४ २०८१, शुक्रबार

चाडपर्वले सामाजिक सद्भाव र एकता कायम गर्नु पर्छ : माधव नेपाल

कार्तिक २० २०७८, शनिबार

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गरेका छन् ।

यस वर्षको तिहार र नेपाल संवतका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाएका हुुन् ।

पूर्वप्रधानमन्त्री नेपालले तिहार र नेपाल संवतले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एकापसको सम्मान एवं एकतामा जोड दिएको उल्लेख गरेका छन् ।

यी चाडपर्वले समाजलाई सहअस्तित्व सहितको असल बाटोमा अघि बढाउन सबैलाई अभिप्रेरित गरून् भन्दै अध्यक्ष नेपालले सबैमा शुभकामना व्यक्त गरेका छन् ।