• मंसिर १४ २०८१, शुक्रबार

बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याए : प्रचण्ड

कार्तिक १८ २०७८, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र उल्ट्याउने षडत्रन्त्र सुरु भएपछि बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको बताएका छन् ।

नेपाल संवत् ११४२ अवसरमा बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भने, । ‘कम्युनिष्टलाई एउटै थलोमा ल्याउन पार्टी एकता गर्‍यौँ । तर, पार्टीभित्रैबाट,अध्यक्ष एवं प्रधानमन्त्री बनाएकाबाट गणतन्त्र उल्ट्याउने षडत्रन्त्र सुरु भयो,’ प्रचण्डले भने, ‘प्रतिनिधिसभा विघटनको अर्थ फेरि मुलुकलाई कहीँ न कहीँ निरंकुशतन्त्र तिर लैजाने, संविधान उल्ट्याउने समावेशी लोकतन्त्र उल्ट्याउने षड्यन्त्र थियो ।’

समाजवादी क्रान्तिलाई नयाँ उचाइँमा पर्‍याउने सपनामाथि षड्यन्त्र भइरहेको भन्दै प्रचण्डले पार्टी विभाजन गलत नभएको जिकिर समेत गरे ।