• असार १६ २०८१, शनिबार

आहा, कति राम्रो बालमैत्री परिवार !

कार्तिक १८ २०७८, बिहीबार

१. ६ महिना सम्मको शिशुलाई आमाको दुधमात्र खुवाउनु पर्छ । यो कुरामा परिवारका सबै सदस्य सचेत हुनु पर्छ । दुध खुवाउने आमा यसबारेमा जानकार हुनु पर्छ ।

२. वर्षदिनभरि लगाइने खोपबाट बालबालिकालाई बञ्चित गरिएको हुनु हुँदैन । यसका बारेमा सबै परिवार र आमा चनाखो हुनु पर्छ ।

३. ६ वर्षसम्मका बालबालिकालाई हरेक वर्षमा दुईपटक भिटामिन ए क्याप्सुल खुवाएको हुनु पर्छ ।

४. आमा सुत्केरी हुँदा दक्ष स्वास्थ्यकर्मीबाट बच्चा जन्माएको हुनुपर्छ ।

५. आमाले पेटमा बच्चा गर्भरहेका बेला कम्तिमा ४ पटक र सुत्केरी भैसकेपछि कम्तिमा तीन पटक स्वास्थ्य जाँच गराएको हुनु पर्छ ।

६. गर्भवती महिलाले कम्तिमा दुई पटक टिटानसको खोप लगाएको हुनुपर्छ ।

७. गर्भवती तथा सुत्केरी महिलाले कम्तिमा २२५ वटा आइरन चक्की खाएकी हुनुपर्छ ।

८. घरपरिवारमा पिउनयोग्य पानी हुनु पर्छ ।

९. चर्पीमा गएपछि साबुन पानीले हात धुने प्रणालीको विकास भएको हुनुपर्छ ।

१०. पाँच वर्षमुनिका बालबालिकाको जन्म दर्ता भएको हुनु पर्छ ।

११. परिवारमा बालबिबाह नभएको हुनुपर्छ ।

१२. कठोर बालश्रमको अन्त्य भएको हुनुपर्छ ।

 

१३. बालहिंसाका कुनै पनि कार्य भएको हुनु हुँदैन ।

१४.  चार वर्ष सम्मका बालबालिकालाई वालविकास केन्द्रमा भर्ना गराएको हुनुपर्छ ।
यत्तिको मापदण्ड पालना गरेमा कुनै पनि परिवार बालमैत्री हुन्छ ।

(दामोदर न्यौपानेको ‘कर्म’ बाट ।)