• मंसिर १२ २०८१, बुधबार

वीरगंज घण्टाघरको घडी ६ वर्षपछि फेरि सञ्चालनमा

कार्तिक १८ २०७८, बिहीबार

काठमाडौँ । नेपालको प्रमुख भन्सार नाका बजारको रुपपा चिनिने वीरगंज बजारमा रहेको घण्टाघर माथिको घडी पुनः संचालनमा आएको छ । विगत ६ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको नेपालको पुरानो मध्येको सो घडी वीरगंज महानगरपालिकाले आर्थिक व्यवथा गरेर मर्मत सम्भार गरेपछि पुनः संचालनमा आएको हो ।

अबका दिनमा सो घण्टाघर र त्यसमाथि रहेको घडीको व्यवस्थापनको जिम्मा महानगरपालिकाले लिने नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । वीरगंजको पहिचान र आकर्षणको केन्द्रमा रहेको सो घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९मा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

वीरगंज आसपासमा मानिसहरुको जमघट हुने स्थान नै सोही घण्टाघर वरिपरि हो । सो घण्टाघरको माथि रहेको घडी कसैले वास्ता नगर्दा लामो समयदेखि बिग्रिएर रहेको थियो ।