काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन आगामी निर्वाचनसम्मै जाने संकेत गरेका छन्। बेलायत भ्रमणबाट फर्केलगत्तै उनले पाँच दलीय गठबन्धन लामो समयसम्मै जाने प्रतिकृया दिएका हुन्।
उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने- ‘गठबन्धन पूरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ ।’
वर्तमान सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन रहेको छ । बेलायत भ्रमणका क्रममा उनले विभिन्न मुलुकका प्रमुखहरुसँग भेटघाट तथा छलफल गरेका थिए।