• मंसिर १३ २०८१, बिहीबार

मौसमी फ्लुबाट कसरी बच्ने ?

कार्तिक १८ २०७८, बिहीबार

वर्षायाम सकिएर हिउँद सुरु भएसँगै मौसमी फ्लुका बिरामी बढ्दै गएका छन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको फ्लू लागेपछि शारीरिक र मानसिकरुपमा निकै कमजोर बनाउँछ ।

यसबाट बच्न फ्लू लागेका व्यक्तिबाट टाढा बस्नुपर्ने हुन्छ । आफू बिरामी पर्दा अरुलाई सुरक्षित राख्न घरमै बस्न चिकित्सकको सुझाव छ ।

घरमा कसैलाई फ्लू लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउनु पर्छ । मौसमी रुघा खोकीमा जथाभावी रुपमा एन्टिबायोटिक औषधि प्रयोग गर्नुहुँदैन । खोक्दा वा हाछ्युँ गर्दा नाक, मुख छोप्नुपर्छ ।

बेलाबेलामा साबुनपानीले हात धुनुपर्ने हुन्छ । हातले आँखा, नाक वा मुख छुने बानी त्याग्नुपर्छ । तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाउन आवश्यक छ ।

प्रशस्त मात्रामा तातोपानी र झोलिलो खानेकुरा खानुपर्छ । गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ । सम्भव भएसम्म फ्लूविरुद्धको खोप लगाउन आवश्यक छ ।