• मंसिर १४ २०८१, शुक्रबार

सर्वोच्चमा पेसी तोकिएका पाँच मुद्दाको फैसला, चार मुद्दामा आदेश

कार्तिक १७ २०७८, बुधबार

काठमाडौँ। सर्वोच्च अदालतमा बुधबारका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतले आजका लागि नाै इजलासमा नाै मुद्दाको पेसी तोकिएको थियो। सर्वोच्चका अनुसार सुनुवाइ भएका मुद्दामध्ये पाँच मुद्दाको फैसला र चार मुद्दामा आदेश जारी भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आफूबाहेक १५ न्यायाधीशका लागि इजलास तोकेका थिए। जबराले बुधबार तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका थिए। पेसी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका थिए।