काठमाडौं । नेवाः विद्यार्थीहरूको साझा संगठन नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा काठमाडौंको प्रदर्शनी मार्ग रहेको रत्न राज्यलक्ष्मी क्याम्पसमा एमए तहमा नेपाल भाषा समावेश गराइने भएको छ ।
यस ऐतिहासिक कार्यका निम्ति रत्न राज्यलक्ष्मी क्याम्पससित सहकार्य भएपछि यसै वर्षदेखि शैक्षिक वर्ष २०७८-७९ देखि स्नातकोत्तर तहको प्रथम सेमेस्टरको भर्ना खुलेको छ ।
नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन मर्हजन र सचिव प्रशान्त डंगोलले अभियानमा लामो समयको संघर्ष पश्चात अभियान सफल भएकाले नेपाल भाषा अध्ययन गर्न चाहने सम्पूर्ण विद्यार्थीहरूलाई आवेदन फारम भर्न अनुरोध गरेका छन् ।
उनीहरुले रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाल भाषा शिक्षक प्रा.डा.चन्द्रमान बज्राचार्यले नेपाल भाषा विद्यार्थीहरूका लागि आफूले सक्दो सहयोग गर्न आफू तयार रहेकाले विद्यार्थी संख्या बढाउन सम्पूर्ण भाषासेवीहरुलाई विशेष अनुरोध गरे ।
आवेदन फाराम अन्तिम मितिः २०७८ साल कार्तिक २२ गतेसम्म आवेदन फाराम भर्न मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयको वेबसाइट हेर्न पनि उनीहरुले अनुरोध गरिएको छ ।