• मंसिर १४ २०८१, शुक्रबार

एमालेले १० औँ महाधिवेशनमा माधव नेपालको पार्टीलाई नबोलाउने

कार्तिक १७ २०७८, बुधबार

काठमाडौं । नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशनमा माधव नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत) समाजवादी पार्टीलाई नबोलाउने निर्णय गरेको छ ।

चितवनको भरतपुरमा हुने लागेको एमालेको १० औँ महाधिवेशनमा नेकपा (एस)लाई नडाकिने बुधबार एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई मात्र बोलाउने निर्णय भएको छ । अवैध सम्बन्धबाट बनेको राजनीतिक दललाई महाधिवेशनमा नबोलाउने पनि उनले बताए ।

एमालेले पार्टीको १० औँ महाधिवेशनमा विभिन्न राजनीतिक दल र मित्रराष्ट्रका दलका प्रतिनिधिलाई बोलाउने निर्णय गरेको छ।