• मंसिर १३ २०८१, बिहीबार

नेपालमा उत्पादित बिजुली भारतीय बजारमा बिक्री हुने

कार्तिक १७ २०७८, बुधबार

काठमाडौं । नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको छ । भारतको इनर्जी एक्सचेन्जमा सहभागी हुन नेपाल विद्युुत प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत मन्त्रालयले अनुमोदन गरेपछि नेपालको बिजुलीले भारतमा प्रवेश पाएको हो ।

यो सँगै नेपालको अन्तर देशीय विद्युत व्यापारमा नयाँ आयाम थपिएको छ । पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत आयोजना र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति दिइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

यस्तो अनुमति पाउने नेपाल दक्षिण एसियामै पहिलो देश हो । सरकारले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट उत्पादित विद्युत पनि भारतीय बजारमा बिक्रीका लागि सूूचीकृत गर्न प्रस्ताव पठाएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।