• मंसिर १४ २०८१, शुक्रबार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाहीको दाबी पेस, आजै शपथ

कार्तिक १६ २०७८, मंगलवार

सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी परेको छ । मंगलबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिए पछि प्रदेश प्रमुख कलौनीले सोमबार बेलुका संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि २४ घण्टाभित्र आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आहृवान गरेका थिए ।

मुख्यमन्त्रीमा शाहीलाई माओवादी केन्द्रसहित नेकपा( एकिकृत समाजबादी ) पार्टीको समर्थन रहेको छ । दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजबादीका तीन जना गरी २१ जनाको हस्ताक्षर छ ।

यसैबीच मुख्यमन्त्री दाबी पेश गरेका जीवनबहादुर शाहीको शपथ ग्रहण मंगलबार राति ८.३० बजे हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।