काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६)मा सहभागी हुन बेलायतको ग्लास्गो पुगेका देउवा र मोदीबीच मंगलबार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देउवा प्रधानमन्त्री बनेयता छिमेकी मुलुकका समकक्षीसँग भएको यो पहिलो औपचारिक वार्ता हो।
दुवै प्रधानमन्त्रीहरुले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गरेको बताइएको छ।