• मंसिर १४ २०८१, शुक्रबार

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

कार्तिक १६ २०७८, मंगलवार

विराटनगर। प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई नियुक्त भएका छन्।

पाँच दलीय गठबन्धनबाट नेकपा समाजवादीका संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री राईको सपथ आजै दिउँसो ३ बजे हुने भएको छ। राईले आफूसँगै चार दलबाट एक-एक जनालाई मन्त्रीको सपथ खुवाउने भएका छन्।

मंगलबार दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले समय दिएका थिए। तर सोमबारै ४९ जना सांसदको समर्थनसहित ५ दलीय गठबन्धन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

उनलाई नेकपा एकीकृत समाजवादी, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीकाे बलियाे समर्थन रहेकाे बताइएकाे छ ।