रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आउँदो चुनावमा मिलेर अगाडि बढ्ने बताएका छन्। गृह जिल्ला रौतहटको चन्द्रपुरमा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले तालमेलका लागि पाँचदलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने बताए।
नेपालले भने, ‘हेर्दै जाउ तालमेल मिलाउन कति सक्छौँ, गठबन्धनका नेता बसेर अगाडि बढ्छौँ।’
चुनाव खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने पक्षमा आफू रहेको उनको धारणा छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विवादको विषयमा गठबन्धनका नेताहरु बसेर छलफल गर्ने उनले बताए। प्रधानमन्त्री शेरबहादुर देउवा बाहिर रहेकाले छलफल नभएको उनको भनाइ छ।
अध्यक्ष नेपाल नयाँ पाटी गठनपछि पहिलो पटक गृह जिल्ला आएका हुन्।