काठमाडौँ। साताको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।