काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गएको १९ महिनामा विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको छ । महामारी सुरु भएपछिको पछिल्लो १९ महिनामा कोरोना भाइरसका कारण विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको हो ।
जोन हप्किन्स विश्वविद्यालयको अध्ययनले यस्तो तथ्याङंक देखाएको हो । कोरोनाबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने समेत सो विश्वविद्यालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।
अमेरिकामा कोरोना भाइरसका कारण ७ लाख ४५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्व स्वस्थ्य संगठनका अनुशार कारोनाबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको वास्तविक तथ्याङ्भन्दा दोब्बर वा तेब्बर हुन सक्ने छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।