काठमाडौं । कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
कर्णाली प्रदेशमा सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख कलौनीले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । नयाँ सरकार गठनको दाबीका लागि मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको छ ।
प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।