• मंसिर १४ २०८१, शुक्रबार

तीन तहको निर्वाचनबारे राजनीतिक दलहरुबीच छलफल भइरहेको छ : अध्यक्ष प्रचण्ड

कार्तिक १५ २०७८, सोमबार

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावको प्रक्रियाबारे राजनीतिक दलहरुबीच छलफल भइरहेको बताएका छन्। आइतबार राजधानीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिले चाडपर्वहरुको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा संगठनको मुखपत्र ‘पराग’ पुस्तकको पाँचौ विशेषाङ्क विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन एकैचोटी गर्ने वा चरण–चरणका गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

तीनै तहको निर्वाचन एकै चोटी गर्दा राज्यलाई कम भार पर्ने र जनतालाई दु:ख पनि कम हुने विषयमा छलफल भएको उनको भनाई छ । यससँगै निर्वाचनमा षड्यन्त्र र चलखेल पनि कम हुने लगायत आर्थिक बोझ कम भई राजनीतिक दलहरुलाई पनि सहज हुने विषयमा छलफल भइरहेको उनले बताए । यस विषयमा ‘यहाहरुले पनि सुझाव प्रदान दिनुभयो भने राम्रै हुनेछ ।’, उनले भने ।

देशमा उपलब्ध संघीय गणतान्त्रिक व्यवस्थालाई सुदृढ गर्न धेरै चुनौतीहरु आइपरेको बताउदै उनले आगामी दिनमा ऐन निर्माण गर्दै थाती रहेका कामहरु अगाडि बढाउनुपर्ने बताए ।

यस विषयमा कर्मचारीतन्त्रभित्र पनि विभिन्न समस्या देखिएको र पार्टीलाई सखापै पार्नुपर्ने प्रवृत्तिपनि हाबी भएको उनको भनाई छ । तर, ९० प्रतिशतभन्दा बढी अत्याधिक कर्मचारी पनि परिवर्तन र प्रगतिको पक्षमा रहेको धारणा उनले व्यक्त गरे ।