• मंसिर १४ २०८१, शुक्रबार

प्रदेश १ : राईलाई मुख्यमन्त्री बनाउन ४९ सांसदको हस्ताक्षर सहित दावी पेश

कार्तिक १५ २०७८, सोमबार

विराटनगर। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिएलगतै विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठन गर्नका लागि आजै दाबी पेश गरेको छ ।

विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन्। विपक्षी गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको हो ।

नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाण्डौमा रहेकाले उहाँले हस्ताक्षर गर्न छुटेको बताइएको छ।