• मंसिर १४ २०८१, शुक्रबार

प्रधानन्यायाधीश जबराले भने – वैशाखसम्म काम गर्न दिनुस्

कार्तिक १५ २०७८, सोमबार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वैशाखसम्म काम गर्न दिन न्यायाधीशहरूसँग प्रस्ताव गरेका छन्। प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूले वार्ताका लागि गठन गरेको समितिसँग यस्तो प्रस्ताव गरेका हुन्।

जबराले चैत मसान्तसम्म आफूले प्रतिबद्धता जनाएका अटोमेसनमा जानेलगायतका प्रशासनिक काम गर्ने र आफू आरोपित नभई सम्मानजनक रूपमा बहिर्गमनको प्रस्ताव राखेको एक न्यायाधीशले जानकारी दिए। तर, यसका लागि उनले लिखित सहमति भने नगर्ने बताएका छन्।

यता  न्यायाधीशहरूले भने वैशाखसम्म कुर्ने नसकिने अडान राखेका छन्। न्यायाधीशहरू र नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएपछि प्रधानन्यायाधीश दबाबमा छन्।

प्रधानन्यायाधीश विवादमा तानिएपछि इजलास नियमित बस्न सकेको थिएन। आजबाट भने बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने गरी न्यायाधीशहरू बेन्चमा फर्किएका छन्।