• चैत्र २८ २०८१, शुक्रबार

पूर्वमाओवादी बादल समूहबाट तीन नेता कुन-कुन पदमा गर्दैछन् प्रतिस्पर्धा ? (नामावलीसहित)

मंसिर १४ २०७८, मंगलवार

काठमाडौं । नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि चितवनको सौराहामा जारी निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका तीन नेता पनि पदाधिकारी बन्न प्रतिस्पर्धामा छन् ।

एमाले महाधिवेशनको केन्द्रीय निर्वाचन आयोगका अनुसार पूर्वमाओवादी नेताहरू रामबहादुर थापा ‘बादल’ उपाध्यक्षमा, टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिव पदमा उम्मेदवार बनेका हुन् ।

एमालेको नयाँ नेतृत्व चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारको हलमा अघि बिहान ४ बजेदेखि विद्युतीय मतदान भइरहेको छ ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव तथा विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका उम्मेदवार प्रतिस्पर्धामा छन् ।