काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई कोरोना संक्रमण भएको छ । उनलाई सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा भर्ना गरिएको छ ।
परिवारका एक सदस्यमा संक्रमण भएपछि सोमबार राणाको पनि परीक्षण गरिएको जनाइएको छ ।
यस्तै सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाल पनि कोरोना संक्रमित भएका छन् ।