• आश्विन १३ २०८१, आईतवार

यी गल्ती गर्नु भयो भने ट्राफिकले तपाईंलाई पक्का चिट काट्छ

मंसिर १३ २०७८, सोमबार

ट्राफिक प्रहरीले जरिवाना गर्न सक्ने कसुरहरु :

ट्राफिक प्रहरीले जरिवाना गर्न सक्ने कसुरहरुमा हाल व्यापक परिवर्तन गरिएको छ । यो परिवर्तित जरिवाना मिति २०७३ साल जेठ १ गते देखि लागु भएको हो । यस भन्दा अगाडीको जरिवाना रु २५ देखि सुरु भै रु १००० सम्म थियो भने हाल लागु भएको जरिवाना न्यूनतम रु ५०० देखि सुरु भई १५०० सम्म कायम भएको छ । उक्त जरिवाना बुझाउँदा काठमाडौं भक्तपुर र ललितपुर उपत्यकाको हकमा ग्लोबल आइएमई बैंकको कुनै पनि शाखामा गइ जम्मा गर्नुपर्छ भने उपत्यका बाहिरको हकमा सम्बन्धित ट्राफिक कार्यालयमा बुझाउनु पर्छ ।

क) रु ५०० जरिवाना हुने कसुरहरु :

१. तोकिएको भन्दा बढी मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेमा
४. प्रयोजन विपरित सवारी चलाएमा
५. सवारी आवागमनमा बाधा पुर्याएमा
६. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा
७. छतमा यात्रु बोकेको वा राखेमा
८. काठमाडौँ उपत्यका भित्र हर्न बजाएमा

ख) रु १००० जरिवाना हुने कसुरहरु :

१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएमा
२. सार्वजनिक स्थानमा बाधा पुग्ने गरि मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएमा
४. मादक पदार्थ सेवन गरि सवारी चालएमा
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा

ग) रु ५०० देखि रु १५०० सम्म जरिवाना हुने कसुरहरु :

यसखण्ड अन्तर्गतका कसुर गर्नेलाई पहिलो पटक रु ५०० दोस्रो पटक दोहोर्याएमा रु १००० र तेस्रो पटक देखि रु १५०० जरिवाना हुन्छ ।
१. ट्राफिक संकेत वा इसारा उल्लंघन गरि सवारी चलाएमाम
२. सवारी अड्याउन निषेध गरिएको ठाँउमा वा समयमा सवारी अड्याएमा
३. सवारी मोड्न वा ध्वनी संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनी संकेत दिएमा
४. सडकमा गलत साइडबाट सवारी चलाएमा
५. एकतर्फी सडकमा सो विपरित सवारी चलाएमा
६. अवस्था ठिक नभएको सवारी चलाएमा
७. निर्धारित गति भन्दा बढी गतिमा सवारी चालाएमा
८. राती बत्ति नबाली सवारी चलाएमा
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएमा
१०. नम्बर प्लेट नराखी सवारी चलाएको
११. पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएमा
१२. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएमा
१३. सार्वजनिक सवारीको चालकले यात्रा लिन इन्कार गरेमा
१४. लापरबाहीका साथ सवारी चलाएमा
१५. सवारी दर्ता र सवारी चालक अनुमति पत्र साथमा नाराखी सवारी चलाएमा

माथिका उल्लेखित जरिवाना मध्ये यातायात व्यवस्था मार्फत् गरिने जरिवाना निम्न लिखित छन् ।

१. निर्धारित भाडा भन्दा बढी भाडा लिई सवारी चलाएमा
२. बाटो इजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएमा
३. सवारीको स्वरुप परिवर्तन तथा मोडिफाई गरेमा
४. वास्तविक नम्बर प्लेट नराखी आफूखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएमा ।