• मंसिर १३ २०८१, बिहीबार

ओमिक्रोनका कारण विश्व शेयर–बजार ओह्रालोतिर

मंसिर १३ २०७८, सोमबार

काठमाडौं । कोभिड–१९ को नयाँ उत्परिवर्तन ओमिक्रोनको चर्चा र हल्लासँगै विश्व शेयर बजार पनि ओह्रालो लागिरहेको छ । लगानी र मुनाफाभन्दा पनि मानिसहरु रक्षात्मक अवस्थातिर धकेलिएका छन् ।

महामारी अबका दिनमा कम प्रभावी हुँदै जाने र आर्थिक गतिविधि पुनस्र्थापित भै नयाँ गति लिने भन्ने केही आशा र सपना देखिरहेका बेला फेरि पनि हालसम्मका भन्दा ४ गुणा तीब्रतामा बिस्तार हुने नयाँ उत्परिवर्तन ओमिक्रोन देखा परेपछि लगानीकर्तामा निराशा छाएको छ ।

यसले अन्तर्राष्ट्रिय शेयर बजारमा तीब्र गिरावट ल्याएको छ । एशियामा एशियन प्यासिफिक स्टोक मार्केटले केही हप्तासम्म यस्तो अनिश्चयले छाउने अनुमान गरिएको छ । यसले विश्व अर्थतन्त्रलाई निकै प्रभाव पार्ने आँकलन पनि गरिएको छ ।

पछिल्लो समयमा सुचारु हुँदै गरेको वायु सेवा तथा व्यापारिक उडान अनिस्चित कालका लागि बन्द गरिएपछि हवाइ आवागमन अनिस्चित बन्न पुगेको छ । साामुद्रिक व्यापारका लागि ठूला जहाजहरु पनि अफ्रिका र एशियातिर लैजान रोक लगाइएको छ ।

विश्वका धेरै देशहरुले आआफ्ना सीमा इलाकाहरु बन्द गरेका छन् । सिंगापुर, हङकङ, भारत, अष्ट्रेलियासहित चीन तथा जापानका लागि पनि हवाइ सेवा बन्द गरिएका छन् ।