• असार १७ २०८१, आईतवार

साइकल चलाउँदै अस्पताल पुगेर छोरी जन्माउने सांसद यी हुन्

मंसिर १२ २०७८, आईतवार

काठमाडौँ । हाम्रो नेपालमा महिला दिदीबहिनी, आमाहरु सुत्केरी व्यथा लागेर अपठेरोमा परेको समाचारहरु बारम्बार आइरहने गर्छन् । समाचारहरु त यस्ता पनि आउँछन् कि सुत्केरी हुन नसकेर संसारमा दैनिक कयौं आमाहरुको ज्यान समेत गुमेको हुन्छ । विकास हुन नसकेर हाम्रोजस्तो देशमा यसरी महिला वर्गले अकालमै ज्यान गुमाइरहेका घटना बारम्बार आउने गरेका भएपनि विकसित देशमा भने अर्कै खालका घटना घटेका हुन्छन् ।

यसै सेरोफेरोमा एक महिला सांसदले आफैले साइकल चलाएर अस्पताल पुगी सुत्केरी भएर बच्चा जन्माएकी छिन् । यसरी आफैले साइकल चलाएर अस्पताल पुगी बच्चा जन्माउने महिला सांसद न्युजिल्याण्ड देशकी रहेकी छन् । न्युजिल्याण्डकी सांसद जुली एन जेण्टर आफैले साइकल चलाएर अस्पताल पुगेको एक घण्टामै छोरी जन्माएकी हुन् । सांसद जुली आन जेण्टरले आफूले साइकल चलाउँदै गरेको र श्रीमान र आफूले जन्मेको सन्तानलाई काँखमा राखेको तस्विर सामाजिक संजाल फेसबुकमा साझा गर्दै भनेकी छिन्, ‘सुत्केरी व्यथा लागेको समयमा साइकल चलाउने मेरो कुनै योजना थिएन तर संयोगवस त्यही गर्नुपर्यो ।’

न्युजिल्याण्डकी ग्रीन पार्टीकी यातायात मामिला प्रवक्तासमेत रहेकी सांसद जुली आन जेण्टरले अघिल्लो पटक देशको मन्त्रीहुँदा पनि साइकल चढेर अस्पातल गई बच्चा जन्माएकी थिइन् । सांसद जुली आन जेण्टर अहिले एकचालीस वर्षकी भएकी छिन् भने उनले लामो समयदेखि साइक्लिङको पक्षमा सांसदमा आवाज उठाउँदै आएकी छिन् ।

संयुक्त राज्य अमेरिकामा जन्मिएकी यी महिला नेताले साइकल चलाएरै अस्पातल जाने निर्णय गर्दा आफूलाई कुनै संकोच नलागेको धाराणा व्यक्त गरेकी छिन् । अस्पतालको गाडी पार्किङ गर्ने स्थानमा आफ्नो बच्चा काँखमा लिएको आफ्नो दम्पत्तीको तस्विर सामाजिक संजाल फेसबुकमा राखेर सांसदले सन्तानप्राप्तिको खुसी साटेकी छिन् ।

राजकीय ओहदामा रहँदा बच्चा जन्माएर चर्चामा आउने महिला नेताहरु

  • सांसद जेण्टरभन्दा पहिले पनि सांसदहरुले आफ्नो कार्यकालमा बच्चा जन्माएका थिए । सन् १९७० मा सोही देशमा पहिलो पटक बहालवाला सांसदले बच्चा जन्माएकी थिइन् ।
  • सन् १९८३ मा अर्की एक महिला नेता दुधेबच्चा काँखमा लिएर सांसदको काममा आएकी थिइन् ।
  • सन् २०१८ मा न्युजिल्याण्डमै जसिण्डा आर्डन प्रधानमन्त्रीको पदमा बहाल रहेकै अवस्थामा बच्चा जन्माउने संसारकै दोस्रो महिला बनेकी थिइन् ।
  • महिला प्रधानमन्त्रीले पदमा बहाल रहँदै बच्चा जन्माइसकेपछि धेरै राजनीतिकर्मी महिलाहरुले काममा रहँदा बच्चासँगै लिएर जाने अनि स्तानपान गराउने काम गरेका थिए ।
  • यो क्रमलाई निरन्तरता दिंदै गत मंगलबार बेलायतमा लेबर पार्टीकी सांसद स्टेला क्रिजीले तीन महिनाको आफ्नो छोरा लिएर त्यहाँको संसद हाउस अफ कमन्समा गएको विषय भने विवादित बनाइयो । स्टेलाको तस्विर चर्चामा आएपछि उक्त स्थानमा बच्चा लिन अनुमति नभएको बताइएको छ ।