• मंसिर १५ २०८१, शनिबार

एमाले महाधिवेसन : अध्यक्ष ओली छलफलमा व्यस्त , बन्दसत्र ढिला शुरु हुने

मंसिर १२ २०७८, आईतवार

चितवन। चितवनको सौराहामा जारी नेकपा (एमाले) को १०औँ महाधिवेशनको बन्दसत्र ढिला हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रयासमा व्यस्त भएपछि बन्दसत्र शुरु हुन समय लाग्ने भएको हो ।

नेतृत्व चयनका लागि सहमती जुटाउन एमाले अध्यक्ष ओली छलफलमा बसेपछि अहिले बन्दसत्र हुने स्थल सुनसानजस्तै बनेको छ । सहमतिको प्रयासका लागि अध्यक्ष ओली बसेको होटलमा नेताहरुको भने भिड छ ।

अध्यक्ष ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्य र आयोगको समेट टुङ्गो लगाउने भएपछि त्यसको तयारीमा उनी निकट नेताहरु तयारीमा रहेका छन् ।
आफूले चाहेको पदमा राखिदिन नेताहरुले दवाब दिएका छ्न् ।

अध्यक्षका प्रत्यासी भीम रावल निकटले महाधिवेशन स्थलाम प्रचार बितरण गर्दा ओली निकटका कार्यकर्ताले रोकेका थिए । अहिले अध्यक्ष ओली, सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल, शंकर पोखरेल लगायतका नेताहरु छलफलमा रहेका छ्न । छलफलबाट निस्कर्ष निस्केपछी मात्र बन्दसत्र सुरु हुने बताइएको छ ।