• मंसिर १५ २०८१, शनिबार

कांग्रेस निर्वाचन समिति संयोजक : यादवको राजीनामा स्वीकृत, घिमिरेलाई मनोनयन

मंसिर १२ २०७८, आईतवार

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले दिएकाे राजीनामा स्वीकृत भएकाे छ । पार्टी सभापति शेरबहादुर देउवाले उक्त राजीनामा स्वीकृत गरेकाे कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखाउँदै वरिष्ठ अधिवक्ता यादवले राजीनामा दिएका थिए । उनकाे राजीनामापछि रिक्त केन्द्रीय निर्वाचन समितिको संयोजक पदमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको पनि डा पराजुलीले बताएका छन् ।