काठमाडौं । नयाँ भेरियन्ट ‘ओमिक्रोन’बारे छलफल गर्न कोभिड १९ संकट व्यवस्थापन समन्वयन कमिटी (सीसीएमसी) को बैठक आज बस्दैछ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेसँगै सीसीएमसीको बैठक बस्न लागेको हो । नयाँ भेरिएन्ट फैलिएको परिस्थितीबारे बैठकमा छलफल हुनेछ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएसँगै सरकारले सर्तकताको पहल सुरु गरेको छ । नेपालसँगको सीधा हवाइ उडान भएका मुलुकहरुमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै रोकथामको पूर्वतयारीबारे पहल सुरु गरेको हो ।
धेरै देशहरुले दक्षिण अफ्रिकासहित संक्रमण भेटिएका मुलुकमा उडान प्रतिबन्ध लगाएका छन ।