• मंसिर १५ २०८१, शनिबार

आइतबार सञ्चारमाध्यममा वैदेशिक लगानीको विरोध प्रदर्शन गर्दै क्रान्तिकारी पत्रकार महासंघ

मंसिर ११ २०७८, शनिबार

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले सञ्चारमाध्यममा वैदेशिक लगानीको विरोध गरेको छ ।

महासंघले आइतबार विहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको हो ।

शनिबार सम्पन्न महासंघको केन्द्रीय समितिको बैठकले नेपाली मिडियामा अपारदर्शी रुपमा बढिरहेको विदेशी लगानीको विरोधमा आइतबार विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

‘सञ्चारमाध्यममा वैदेशिक लगानी र सञ्चालन अनुमति बन्द गर’ लेखिएको कालो ब्यानर र विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित विरोध प्रदर्शनको तयारी गरिएको महासंघका अध्यक्ष इन्द्र राउतले जानकारी दिनुभयो ।

बैठकले पौष ४ गते राष्ट्रिय भेलाको आयोजना गर्ने समेत निर्णय गरेको छ ।