• मंसिर १५ २०८१, शनिबार

अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने ऊर्जामन्त्री भुसालको दाबी

मंसिर ११ २०७८, शनिबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले माओवादी विचारमा रहेका सम्पूर्ण जनता तथा पार्टीहरू एकताबद्ध भएर अगाडि बढेकाले अब प्रचण्ड नेतृत्वको पार्टी एक नम्बरको बन्ने दाबी गरेकी छिन् ।

नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको अधिवेशन उद्घाटनका क्रममा पार्टीका स्थायी समितिका सदस्यसमेत रहेकी मन्त्री भुसालले सम्बोधन गर्दै सम्पूर्ण माओवादी शक्ति एकीकृत भइरहेको उल्लेख गरेकी छिन् । “माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै हो भन्ने प्रमाणित भएकाले अब माओवादी एक नम्बरको पार्टी हुन्छ ।” उनले भनिन् ।

एकीकृत माआवादीले तय गर्ने समाजवादले देश विकासको आधार तयार गर्ने जिकिर गर्दै मन्त्री भुसालले भन्नुभयो, “राष्ट्रिय महाधिवेशसम्म आइपुग्दा पार्टीले राजनीति कार्यदिशा स्पष्टसँग तय गर्छ ।” उहाँले प्रतिगमन र प्रतिक्रान्तिकारीविरुद्ध सक्रिय भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले जनयुद्धको जगमा लेखिएको संविधानको रक्षाका लागि गठबन्धन निर्माण गरिएको बताइन् ।