• मंसिर १३ २०८१, बिहीबार

‘ओमिक्रोन उत्परिवर्तन’का कारण विश्व फेरि खतरामा

मंसिर ११ २०७८, शनिबार

काठमाडौं । अफ्रिकामा देखिएको कोभिड-१९ को जटिलतम् उत्परिवर्तन ‘ओमिक्रोन भ्यारियन्ट’ले संसारमा धेरै मानिसको ज्यान लिने देखिएको छ । यसको अमेरिका जस्तो सघन वस्ती भएको देशमा आगमन नहोस् भनेर अहिले देखि नै न्युयोर्कमा संकटकाल घोषणा गएिको छ । उक्त भाइरसको प्रवेशमा रोकथामका लागि पहल लिएको भन्दै न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल घोषणा गरे हुन् ।

पछिल्लो अध्ययन तथा अनुसन्धानको आधारमा वैज्ञानिकहरुले ओमिक्रोन भ्यारियन्टलाई अहिलेसम्मकै निकै खतरनाक भ्यारियन्ट रहेको भन्दै चिन्तासमेत् प्रकट गरिसकेका छन् । ओमिक्रोनको संक्रामकता पनि निकै बिस्तारित र पार्ने असर पनि निकै जटिल प्रकृतिको रहेको छ ।

यो भ्यारियन्टको फैलावटसँगै विश्वका हरेक देशमा फेरि लकडाउन र संकटकाल लगाउनु पर्ने अवस्था सिर्जना हुनसक्नेमा स्वास्थ्यविदहरुको मतैक्यता रहेको देखिएको छ ।

‘जीन’ र ‘इम्युनिटी पावर’का हिसाबले अफ्रिकी मूलका मानिसमा रोगको संक्रमण र फैलावट अन्य समुदायमा भन्दा कम हुने गरेको छ । तर ओमिक्रोनको आगमनसँगै यो भेरियन्टबाट संक्रमित भएका मानिसको संख्या अफ्रिकामा कल्पना गरिएभन्दा पनि बढी छ । अस्पताल भर्ना हुनेहरुको संख्या निकै बढ्दै गैरहेको छ ।

न्युयोर्कमा गरिएको संकटकालिन घोषणा लगभग एक महिनासम्म लागु हुने छ । यो भेरियन्टको संक्रमणले आगामी वर्ष सन् २०२२ पनि महामारीको वर्ष हुने स्पष्ट संकेत दिएको छ ।

यो भेरियन्टले चीनको हङकङ, इजरायल लगायतका देशहरुमा प्रभाव पार्न सुरु गरिसकेको छ । सतर्कताका लागि अफ्रिकी महादेशबाट हुने आवागमन बन्द गरेर तयारीमा लागेको बेलायत पनि निकै सतर्कको अवस्थामा छ ।

राज्यभर लकडाउन गरेर पनि गम्भीर संकट बेहोरिरहेको न्युयोर्क अस्पतालको क्षमता बृद्धिमा लागिपरेको छ । संसारभर फैलनसक्ने ओमिक्रोन कोरोनाभाइरस रोकथामका लागि पूर्वसतर्कता स्वरुप न्युयोर्कमा संकटकालको घोषणा गरिए पनि यसको आगमनको त्रासले निकै ठूलो तहल्का मच्चाएको छ ।