• मंसिर १३ २०८१, बिहीबार

मुख धुँदा के के नगर्ने ? ध्यान दिनुपर्ने १० कुरा

मंसिर ११ २०७८, शनिबार

स्वास्थ्य तथा सरसफाइका लागि पनि दैनिक रुपमा मुख धुइन्छ । बिहन उठने बितिकै मुख धोएरमात्र अरु कुरा गर्ने आम बानी हुन्छ । तर दैनिक रुपमा पटक पटक गरिने यो काममा पनि धेरै गल्ती हुन्छ । यसरी मुख धुँदा हामी कसैले पनि धेरै कुराहरु याद गर्दैनन् । जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी असर गरिरहेको हुन्छ ।

मुख धुँदा के के नगर्ने :

१. जब अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२. अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको छालामा असर गर्छ ।

३. अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

४. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

५. फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

६. अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

७. अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

८. अनुहार सफा गरेपछि छाला सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९. अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१०. अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।
एजेन्सी