• मंसिर १५ २०८१, शनिबार

प्रधानमन्त्री देउवाले बार पदाधिकारीसँग भने- महाभियोगबारे गठबन्धनका दलसँग छलफल गरेर निष्कर्ष निकाल्छु

मंसिर १० २०७८, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे गठबन्धनका दलहरुसँग छलफल गर्ने बताएका छन्। शुक्रबार नेपाल बार एसोसियसनको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले महाभियोगबारे गठबन्धनका दलहरुसँग छलफल गर्ने प्रतिक्रिया दिएका हुन्।

बारका १८ प्रतिनिधिहरुले जबरालाई महाभियोग लगाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। ‘हामिले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशले न्याय सम्पादन गर्न नसकेको बारेमा जानकारी गरायौं। २० हजार कानुन व्यवसायीले प्रधानन्यायाधीशले डाकेको बेन्चमा जानुहुन्न भन्यौं,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले मलाई यस विषयमा जानकारी छ, यो विषयमा मेरो पनि ध्यानाकर्षण भएको छ, सत्ता गठबन्धनको बैठकमा यो कुरा राख्छु भन्नुभयो। यो बिषयलाई मैले गम्भीरतापूर्वक लिएको छु पनि भन्नुभयो।’

प्रधानमन्त्रीसँगको छ्लफलमा पूर्व सभामुख दमननाथ ढुंगाना, बारका पूर्व अध्यक्ष शम्भु थापा, पूर्व महान्यायाधिवक्ता बद्रीबहादुर कार्की, रमण श्रेष्ठ, सर्बोच्च बारका अध्यक्ष पूर्णमान श्रेष्ठलगायतको सहभागीता रहेको थियो।