• मंसिर १५ २०८१, शनिबार

दार्चुला कांग्रेसको मतगणनास्थलमा झडप, ४ जना घाइते

मंसिर १० २०७८, शुक्रबार

दार्चुला । नेपाली कांग्रेसको दार्चुला जिल्ला अधिवेशनका क्रममा मतगणनास्थलमै झडप भएको छ । झडपमा परी ४ जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम खलंगामा भइरहेको मतगणनास्थलमा दुई पक्षबीच झडप भएको हो । जिल्ला सभापतिका उम्मेदवार अमरसिंह धामी र ललितसिंह बाहेरा पक्षबीच झडप हुँदा ४ जना घाइते भएको र उनीहरुको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।

बिहीबार कांग्रेसको दार्चुलाबाट कार्यसमिति र महाधिवेशन प्रतिनिधिका उम्मेदवार सहमतिमा चयन नभएपछि मतदान भएको थियो । आक्रमण तथा हातपात गर्ने ४ जना प्रहरीको नियन्त्रणमा रहेका छन् ।