• मंसिर १५ २०८१, शनिबार

प्रधानमन्त्री देउवाले कानून व्यवसायीलाई छलफलका लागि बालुवाटार बोलाए

मंसिर ९ २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलन गरिरहेका कानून व्यवसायीलाई छलफलका लागि बोलाएका छन् ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई छलफलका लागि बोलाएका हुन् ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजेका लागि बालुवाटार बोलाइएको बताए । बारले राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदा कांग्रेसलाई बुझाउन पाएको छैन ।

कांग्रेस संसदीय दलका नेता (प्रधानमन्त्री देउवा), प्रमुख सचेत र सचेतकसमेतसँग समय नभएपछि बारले ज्ञापनपत्र बुझाउन पाएको थिएन । अब शुक्रबार ज्ञापनपत्र पनि बुझाउने गरी बार बालुवाटार जाने भएको हो । बार पदाधिकारी र बार सल्लाहाकार परिषदका सदस्यहरुसहितको टोली प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार जानेछ ।