• मंसिर ११ २०८१, मंगलवार

विश्वकप एसिया छनोट : नेपालले कुवेतलाई ९ विकेटले हरायो

मंसिर ९ २०७८, बिहीबार

काठमाडौँ। आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतका खेलहरुमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

बिहीबारको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । दुबईमा भएको उक्त खेलमा कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो।

नेपालका लागि इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन योगदान गरेकी थिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ दशमलब ४ ओभरमा अल आउट हुँदै २७ रन मात्रै जोडेको थियो ।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोडेका थिए । अन्य खेलाडीहरुले भने दोहोरो रन जोड्न सकेको थिएनन् । कुवेतलाई सामान्य रनको लक्ष्यमा पुर्याउन नेपालका संगिता राई र कप्तान रुविना क्षेत्रीले समान ३–३ विकेट लिएका थिए ।

त्यस्तै करुणा भण्डारी र सरस्वती कुमारी चौधरीले एक–एक विकेट लिलिएका थिए । नेपाल यसअघि हङकङसँग ६ विकेटले हारेको थियो । तर त्यसयता भूटान र कुवेतलाई पराजित गर्न सफल भएको छ ।