• मंसिर १३ २०८१, बिहीबार

दही खानुका फाइदा

कार्तिक १४ २०७८, आईतवार

दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियामा सहयोग गर्दछ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।

यस्ता छन् दही खानुका फाइदाहरु

– रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्ट स्तर बढाउँछ ।

– मुटुको समस्या र उच्च रक्तचापका विरामीलाई पनि दही फाइदाजन मानिन्छ । दहीले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ ।

– दहीको सेवनले पाचन शक्ति बढाउँछ, यसले रगतको कमी र कमजोरीलाई समेत हटाउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ ।

– दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ र शीतल बनाउँछ । गर्मीमा दही पिएर घरबाट निस्किँदा लू लाग्ने खतरामा पनि कमी हुन्छ ।

– दहीमा क्याल्सियम पाइने हुँदा यसको सेवनले हाड समेत बलियो बनाउँछ ।

– हाड तथा जोर्नीको दुखाई छ भने नियमित दही सेवन गर्नुस् यसलाई तपाईंलाई फाइदा गर्दछ ।

– दही खाँदा मात्र होइन, शरीरमा लगाएर नुहाउनु भयो भने यसले तपाईंको छालालाई कोमल र मुलायम बनाउँछ ।

– दहीले कपालको सुन्दरता समेत बढाउँछ । दहीले नियमित कपाल मालिस गरेर नुहाउने गर्नुभयो भने तपाईंको कपालमा मुलायम बनाउदछ।

– दहीले रोग प्रतिरोधात्मक क्षमतामा समेत बृद्धि गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । मधुमेहका रोगी महिलाको योनिमा यीस्ट संक्रमण भएमा दही खाँदा ठीक हुन्छ ।

एजेन्सी