• फाल्गुन २६ २०८२, मंगलवार

प्रधानन्याधीशलाई अधिवक्ता थापाको प्रश्न- बारले राजीनामा माग्दा नदिने तपाइँ को हाे ?

कार्तिक १४ २०७८, आईतवार

काठमाडौँ। नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र जबरामाथि कडा प्रश्न गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च बार परिसरमा आज बारले गरेको कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले ‘नेपाल बारले राजीनामा माग्दा राजीनामा नदिने को हो तपाईं ?’ भन्दै प्रश्न गरे ।

थापाले प्रधानन्यायाधीशलाई मूल भट्ट सँग तुलना गरे । ‘न्यायालय पशुपतिनाथजस्तै पवित्र संस्था हो। त्यस भित्रको प्रधानन्यायाधीश मूल भट्ट हो’,उनले भने, तपाईंले मूल भट्टले जसरी काम गर्न सक्नु भएन। त्यसकारण तपाईंले आब पदबाट राजीनामा दिनुपर्छ। न्यालायाको संरक्षक नेपाल बार भएकाले तपाईंको राजीनामा मागिसक्यो राजीनामा नदिने तपाईं को हो ?

प्रधानन्यायाधीशको व्यक्तित्वको कुरा नगरी आफूहरुले न्यायलयको कुरा गरिरहेको बताउँदै उनले पदमा बसिरहे बारले आन्दोलन गरिरहने बताए ।

न्यायालय जस्तो पवित्र स्थानमा जे गर्नुपर्नें हो त्यो प्रधानन्याधीशबाट नभएको अधिवक्ता थापाले जिकिर गरे ।