• मंसिर १३ २०८१, बिहीबार

कस्तो ब्रा कसरी लगाउदा राम्रो हुन्छ ?

कार्तिक १२ २०७८, शुक्रबार

शरीरको बनावट र स्तनलाई आकर्षक बनाउन ब्रा लगाउने गरिन्छ । ब्रा को प्रयोग सबै महिलाले गर्छन् । तर कतिबेरसम्म प्रयोग गर्नुपर्छ भन्ने चाहिँ कमैलाई थाहा होला ।

ब्रा २४ सै घण्टा लगाउनु उपयुक्त हुँदैन । एक अध्ययनका अनुसार २४ सै घण्टा ब्रा लगाउनाले शरीरमा केही समस्याहरू देखिन्छन् ।

लामो समयसम्म ब्रा लगाउनेहरूको स्तनमा दुखाइको समस्या बढ्न सक्छ । शरीरलाई असहज महशुस हुन्छ । त्यस्तै लगातार ब्रा लगाउनाले शरीरमा रक्तसञ्चार पनि राम्रोसँग हुन पाउँदैन । रक्तसञ्चार राम्रोसँग नभए विभिन्न आन्तरिक समस्याहरू पैदा हुन सक्छ ।

लगातार लामो समय ब्रा लगाउनाले ढाड दुख्ने समस्या पनि हुन सक्ने अध्ययनले बताएको छ । यदि ब्रा एकदम कसिलो छ भने यस्तो समस्या दोब्बर हुन सक्छ ।

लामो समयसम्म कसिलो ब्रा लगाउनाले शरीरको कोमल छालामा डाम पर्छ । त्यसले चिलाउने समस्या बढाउन सक्छ ।

त्यस्तै कसिलो ब्रा लामो समयसम्म लगाउने बानीले शरीरको आकार पनि नराम्रो बनाइदिन्छ । शरीरमा घाउसम्म हुन सक्छ ।
एजेन्सी